Skip to content

सेयर बजारमा गिरावट कायमै, ५ अर्ब २० करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ९.७० अंकले घटेर परिसूचक २७६७.२० बिन्दु कायम भएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५ अर्ब २० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूच घटेका छन् । कारोबारमा ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्स, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा पन्चकन्या माई हाइड्रोपावर, अप्पर सिनर्जी लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime