काठमाडौं । एक वर्षमा वाणिज्य बैंकको सम्पत्तिमा १२.७४ प्रतिशतले बढेको छ ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार असार मसान्तसम्ममा २० वाणिज्य बैंकको सम्पत्ति १२.७४ प्रतिशतले बढेर ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ६८ खर्ब ९७ अर्ब ८३ करोड ८० लाख ६३ हजार पुगेको छ । एक वर्षको अवधिमा बैंकको सम्पत्ति ८ खर्ब ७९ अर्ब १ करोड ८३ लाख ९० हजार रुपैयाँले बढेको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ भने दोस्रो स्थानमा नबिल बैंक रहेको छ । सम्पत्तिको हिसाबमा ग्लोबल र नबिल बैंकको प्रतिस्पर्धा देखिएको छ ।
ग्लोबल बैंकको सम्पत्ति १४.१० प्रतिशतले बढेर ६ खर्ब ८९ अर्ब ७४ करोड ६८ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म बैंकको सम्पत्ति ७.७२ प्रतिशतले घटेर ३ खर्ब ७८ अर्ब ७६ करोड ४२ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सम्पत्ति ४ खर्ब १० अर्ब ४६ करोड ७८ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
यस्तै नबिल बैंकको सम्पत्ति १४.५७ प्रतिशतले बढेर ६ खर्ब ३८ अर्ब १५ करोड ५७ लाख ६० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५.०८ प्रतिशतले बढेर ५ खर्ब ६५ अर्ब ६६ करोड ३३ लाख ५४ हजार, राष्ट्रिय वाणिज्य बैंकको १४.९४ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब २५ करोड ७३ लाख २९ हजार रुपैयाँ रहेको छ ।
यस्तै कुमारी बैंकको ८.०७ प्रतिशतले बढेर ४ खर्ब ४२ अर्ब ४९ करोड ६६ लाख ४९ हजार, लक्ष्मी सनराइज बैंकको १२.०६ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब ७० करोड ९९ लाख ९ हजार, प्रभु बैंकको १३.७२ प्रतिशतले बढेर ४ खर्ब १० अर्ब ६७ करोड २९ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको १७.३३ प्रतिशतले बढेर ३ खर्ब ९९ अर्ब ३२ करोड १८ लाख ६४ हजार, हिमालयन बैंकको ४.४८ प्रतिशतले बढेर ३ खर्ब ७२ अर्ब ९४ करोड ७३ लाख १६ हजार, एनएमबि बैंकको १९.४१ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब १० करोड ४ लाख ७९ हजार, कृषि विकास बैंकको १६.४२ प्रतिशतले बढेर ३ खर्ब ६२ अर्ब ५० करोड २० लाख ७४ हजार, एभरेष्ट बैंकको २३.४९ प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब २० करोड ५३ लाख ५४ हजार, सिद्धार्थ बैंकको सम्पत्ति १३.९४ प्रतिशतले बढेर ३ खर्ब ३८ अर्ब ७८ करोड १ लाख ६४ हजार, प्राइम बैंकको १८.७८ प्रतिशतले बढेर ३ खर्ब १७ अर्ब १४ करोड ७० लाख १७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सानिमा बैंकको १२.६५ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब ४४ करोड ७४ लाख ९० लाख, सिटिजन्स बैंकको १०.१९ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब ३७ करोड ७७ लाख १६ हजार, नेपाल एसबिआई बैंकको ११.४७ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ७५ करोड ७६ लाख ५४ हजार, माछापुच्छे« बैंकको १४.७६ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ६० करोड २० लाख ७२ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको ९.९३ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब २० करोड ३१ लाख १९ हजार रुपैयाँ रहेको छ ।
बैंकहरुले सम्पत्ति गणना गर्दा बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थाको मौज्दात, डेरिभेटिभ नामक वित्तीय उपकरण, व्यापारिक सम्पत्ति, विभिन्न बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा सापटी, कर्जा तथा सापटी, लगानी सुरक्षणपत्र, कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, विभिन्न कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा सम्पत्ति तथा अन्य सम्पत्तिलाई लिने गर्ने गरेका छन् । बैंकले प्रकाशित गरेको वित्तीय अवस्थामा यी विषय उल्लेख गरिएको हुन्छ ।







प्रतिक्रिया दिनुहोस्