Skip to content

मानपुर–डेढगाउँ सडक कालोपत्रे सम्पन्न

nabil bank

तनहुँ । बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् ।

देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति ४१ करोड ५२ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्रे भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छभने चालु आवमा ५४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime