काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
बुधबार ९.७० अंक घटेर २७६७.२० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.३१ अंक बढेर २७६७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक घटेको छ।
बिहीबार प्रिओपन सेसनमा ४९ स्टकको ५६ पटकको कारोबारमा १० लाख ८० हजार ६१ रुपैयाँ ७० पैसाबराबरको ३१ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ।






प्रतिक्रिया दिनुहोस्