सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रुपैयाँको लागतमा डिप बोरिङ खनिएको छ। साथै १० हजार लिटर क्षमताको ट्यांकी पनि निर्माण गरिएको छ ।
कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे ।
त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमf छवटा डिप बोरिङ खनिएको जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्