Skip to content

त्रिवि क्रिकेट ग्राउन्ड, प्याराफिट निर्माण अन्तिम चरणमा, फ्लडलाइट जडान बाँकी (तस्बिरहरु)

nabil bank

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फागुन १९ गते सम्झौता गरेर २० गतेबाट निर्माणको थालनी गरेका थिए ।

४३ करोड ७७ लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ प्रतिशत काम सकिएको छ ।
अब सरसफाई, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।

१० हजार दर्शक क्षमताको उक्त मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २ हजार २९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

तस्बिरः सफल प्रकाश श्रेष्ठ– नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime