काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्ड मध्ये अहिलेसम्म ३१ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् ।
३१ म्युचुअल फन्डले औसतमा १२.५० प्रतिशत लाभांश घोषणा गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै लाभांश सानिमा लार्ज क्यापको रहेको छ । यसले आफ्ना इकाईधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यसैगरी सिद्धार्थ बैंकद्धारा सञ्चालित सिद्धार्थ इक्वीटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले २० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेका छन् ।
२० प्रतिशत नै लाभांश घोषणा गर्ने म्युचुअल फन्डमा राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रबर्धित आरबीबी म्युचुअल फन्ड-१ रहेको छ । यसले इकाईधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस्तै लक्ष्मी उन्नति कोषले २० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ ।
सनराइज ब्लु चिपले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ३ ले इकाईधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने शुभ लक्ष्मी कोषले १६ प्रतिशत इकाईधनीलाई लाभांश घोषणा गरेको छ । यसैगरी, १५ प्रतिशतभन्दा धेरै लाभांश दिने म्युचुअल फन्ड कम्पनी सानिमा ग्रोथ फन्ड रहेको छ । फन्डले इकाईधनीलाई १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसैगरी, लक्ष्मी भ्यालु फन्ड–२, एनएमबी ५० र एनएमबी ५० ले १५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
सनराइज फर्स्ट म्युचुअल फन्डले इकाईधनीलाई १४ प्रतिशत, सनराइज फोकस्ड इक्वीटी फन्डले आफ्ना लगानीकर्तालाई १३.५ प्रतिशत, आरबीबी म्युचुअल फन्ड-२ ले इकाईधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसैगरी, कुमारी इक्वीटी फन्डले ११.५ प्रतिशत, कुमारी धन वृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
यसैगरी, प्रभु स्मार्ट फन्डले १० प्रतिशत र प्रभु सेलेक्ट फन्डले १२ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । नबिल बैंकद्धारा सञ्चालित नबिल फ्लेक्सी क्यापले ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसैगरी, मुक्तिनाथ म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई ३.८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यसैगरी, सिद्धार्थ सिस्टमेटिक स्किमले आफ्ना इकाईधनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । एनआईबीएल सहभागिता फन्डले ७ प्रतिशत, एनआईसी एसिया फ्लेक्सी क्यापले १०.१० प्रतिशत, एनआईसी एसिया ब्यालेन्सड्ले ९.९० प्रतिशत, एनआईसी एसिया सेलेक्ट ३०ले ८.६५ प्रतिशत र एनआईसी एसिया डायनामिक डेप्टले ५.५५ प्रतिशत लाभांश घोषणा गरेको छ। गरिमा समृद्धि फन्डले ५.१ प्रतिशत, एनएमबी सरल बचत फन्डले ४.२७ प्रतिशत र कुमारी सुनौलो लगानी ८.८८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यो लाभांश फण्डहरुले साधारण सभा गरेर सभाले पारित गरेपछि इकाईधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्