Skip to content

एनआईसी एसिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रालिबीच सम्झौता सम्पन्न भएको छ।

सो सम्झौताअनुसार अब बैंकका ग्राहकले धनगढी, कैलालीस्थित कैलाली हस्पिटलमा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

ग्राहकले यस सुविधाको लाभ लिनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T