Skip to content

लगानी सम्मेलनबाट भित्रिएको भारतको मुथुट फाइनान्स नबिल बैंकबाट बाहिरिने, ११ लाख ९८ हजार कित्ता सेयर बेच्ने

काठमाडौं । लगानी सम्मेलनबाट भित्रिएको भारतको मुथुट फाइनान्स नबिल बैंकबाट बाहिरिने भएको छ ।

मुथुट फाइनान्सले नबिल बैंकमा रहेको ११ लाख ९८ हजार कित्ता सेयर बेचेर बाहिरिने भएको हो । बैंकको संस्थापक सेयरधनीको रुपमा रहेको फाइनान्सले ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सयर बिक्री गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई.प्रा. निर्देशन. १०/०८१ बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले आज सूचना जारी गर्दै ईच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा लिन चाहेको मूल्य खोली सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ । उक्त सेयर हाल कायम रहेका संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने छ ।

फाइनान्सले तत्कालिन युनाइटेड फाइनान्स मार्फत करिब ४० करोड लगानी गरेको थियो । भारतको केरल राज्यको कोचीमा प्रधान कार्यालय रहेको फाइनान्सले सुन धितो राखेर कर्जा दिने गरेको छ ।

नेपालमा लगानी भित्र्याउन लगानी सम्मेलनमा मुथुट फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुट र तत्कालिन युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीले ३९ करोड ९० लाखको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तत्कालिन समयमा मुथुटले सय रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियर थपेर १९० रुपैयाँका दरले २१ लाख कित्ता सेयरमा लगानी गरेको थियो । युनाइटेड फाइनान्स नबिल बैंकमा गाभिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi