Skip to content

सेक्यूर्ड सेक्यूरिटिज मर्जरमा जाने, ४८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सेक्यूर्ड सेक्यूरिटिज कम्पनी मर्जरमा जाने भएको छ । ब्रोकरले १८औं बार्षिक साधारण सभाबाट मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले भदौ २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले अन्य कुनै एक वा एकभन्दा बढी धितोपत्र दलाल व्यवसायी संस्थाहरूसँग एक आपसमा गाभ्ने गाभिने (मगर) तथा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समिति गठन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।

यस्तै उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग समझदारी गर्ने, सम्पत्ति दायित्व तथा कारोवारको मूल्याङकन (डिडिए) गर्न मान्यता प्राप्त मुल्यानकर्ता नियुक्ती गर्ने प्रस्ताव गर्ने जनाएको छ । कम्पनीले सभामा लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, सेयर आदान प्रदान अनुपात (सेयर स्वाप रेसियो निधारण गर्ने, गाभ्ने गाभिने मर्जर तथा प्राप्ति (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ ।

यस्तै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा हाल कायम रहेको चुक्ता पुँजीको ३३.३३ प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने करसहित १४.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीले आगामी सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभाले आर्थिक वर्ष २०८१/०८२ को संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima