Skip to content

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ४ जनाले पाए ११ कित्ता सेयर

nabil bank

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँट भएको हो।

उक्त कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार १ लाख २४ हजार ८ सय ९० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। अर्थात् ४ जनाले कम्पनीको ११ कित्ताका दरले सेयर प्राप्त गरेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime