Skip to content

पिपुल्स पावरले ३ लाख ९१ हजार अवितरित हकप्रद सेयर बिक्री गर्दै

nabil bank

काठमाडौं । अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत पिपुल्स पावर लिमिटेडले बिक्री गर्ने भएको छ। सो कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो।

उोफ कम्पनीले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो। उक्त कम्पनीले सेयर खरिदका लागि भदौ १५ गतेदेखि २२ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ।

उक्त कम्पनीले सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime