काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापकले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । सैस्थापक सेयरधनिले यो सेयरमा सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ ।
सेयर खरिद गर्न चाहाने लगानीकर्ताले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रधान कार्यलय टंगाल काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयरको दर रेटमा खरिद गर्ने व्यहोरा खुलाई निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्