Skip to content

सेयर बजार १८ अंकले घट्यो, कारोबार साढे ६ अर्बमाथि

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झरेको छ । आइतबार सेयर बजारमा समग्रमा ०.६५ प्रतिशतले बढेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ । यता फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१८ अंक घटेको छ।

आज सेयर बजार घटेको भए तापनि बिहीबारको तुलनामा कारोबार रकम भने बढेको छ । गत बिहीबार ५ अर्ब २ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

विकास हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज यस कम्पनीको सेयरमूल्य ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा कारोबार भएको छ। यसैगरी, आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ । आज कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ७.२९ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै सेयर खरिद बिक्री भएको छ । यस कम्पनीको यस दिन १ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime