Skip to content

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटलमा २० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटलमा २० प्रतिशतसम्म छुट पाइने भएको छ। सिद्धार्थ बैंक र माया मनोर बुटिक होटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सो सम्झौताअनुसार माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima