काठमाडौं । नेपाली प्लाइउड उद्योगी आफ्नै कारण उद्योग सङ्कटमा पर्ने अवस्था देखिएको छ । नेपालबाट निर्यात हुने प्लाइउड निर्यात गर्दा भारतमा ‘मेडइन इन्डिया’ भेटिए पछि प्लाइ उद्योगमा संकट देखिने सम्भावना बढेको हो ।
प्लाइउड व्यवसायीहरूले नेपाल÷भारतबिचको व्यापारमा असर पर्ने गरी बस्तु निर्यात गरेको कारण प्लाइ उद्योग नै सङ्कटमा पर्ने अवस्था देखिएको छ । नेपालमा उत्पादन भएको प्लाइ भन्दै नेपाली उद्योगले भारतमा
‘मेड इन इन्डिया’ लेखेर पठाएको प्लाइ भेटिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे स्वीकार गरे ।
भारतको वाणिज्य विभागले मेची भन्सार कार्यालयका ८ वटा ट्रक जफत गर्दै उक्त ट्रकमा मेडइन इन्डिया लेखेको बस्तु भटेको जनाएको छ । विभागले जफत गरेको ८ ट्रकमध्ये ३ वटा झापाको सावरिया प्लाइ उद्योगको रहेको छ । यसैगरी, २ वटा ट्रक दाङको गणपति प्लाइ उद्योगको, २ वटा झापास्थित अम्बे भवानी प्लाइ उद्योग र झापा प्लाइ उद्योगको १ ट्रक जफतमा परेका छन् ।
भारतले नेपालबाट वर्षेनि अर्बौँ रुपैयाँको प्लाइ निर्यात गर्दै आएको छ भने नेपालले पनि भारतबाट केहिमात्रमा प्लाई आयात गर्ने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारतलाई ७ अर्ब ९ करोड ९६ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइ निर्यात गरेको छ । गत आवमा नेपालले विभिन्न देशबाट ३१ करोड ७६ लाख ६७ हजार रुपैयाँको प्लाइ आयात भएको छ ।
चालु आवको साउन महिनामा मात्र नेपालले भारतलाई ३३ करोड ११ लाख ६८ हजार रुपैयाँ बराबरको प्लाई निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । एक महिनामा नेपालले १ करोड ६७ लाख २४ हजार रुपैयाँ बराबरको यस्तो बस्तु आयात गरेको छ ।
नेपालले प्लाइ उत्पादन गरेर भारतमा मात्र निर्यात गर्ने गरेको छ । तर, नेपालले प्लाई आयात भने भारत, चीन, जापान र म्यानमार लगायतका देशबाट आयात गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालका प्लाइ उद्योगीले भारतबाट निर्यात गरेको प्लाई भारतलाई नै बेचेपछि नेपाल भारतको निर्यात सम्बन्धमा असर पर्ने देखिएको हो ।
नेपालबाट भारतमा प्लाइ निर्यात गर्न पाउने उद्योगहरू ९ वटा रहेका छन् । नेपालबाट प्लाइ निर्यात गर्न पाउने उद्योग झापाको बिर्तामोड–२ मा रहेको अम्बे भवानी प्लाइ बोर्ड उद्योग प्रालि रहेको छ । यसैगरी, दाङमा गणपति भिनियर तथा प्लाइवुड उद्योग, झापामै रहेको सवारीया प्लाइवुड प्रालि तथा झापा भिनियर एण्ड प्लाइवुड उद्योग प्रालिले भारतमा प्लाइ निर्यात गर्दै आएको छ ।
यसैगरी, भैरहवामा श्याम प्लाइवुड इन्डस्ट्रीज प्रालि, नवलपरासीमा भुसाल प्लाइ एण्ड बाँस उद्योग प्रालि, सुनसरीको रामधुनी–२, झुम्कामा एभरेस्ट भिनियर्स प्रालि र बर्जू, सुनसरीमा सेन्चुरी प्लाइ इन्डस्ट्रीज प्रालि र मोरङको बुधिगंगा–५ मा ग्रिनप्लाइ इन्डस्ट्रीज नेपाल प्रालिले पनि निर्यातको लागि अनुमति पाएका छन् ।






प्रतिक्रिया दिनुहोस्