Skip to content

दुई राजमार्ग आसपासको उत्पादनमूलक उद्योग र होटल रेष्टुरेन्टलाई बेसरेटमा २ प्रतिशतमात्र प्रिमियम थपेर कर्जा दिनुपर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई राजमार्ग आसपासको उत्पादनमूलक उद्योग र होटल रेष्टरेन्टलाई बेसरेटमा २ प्रतिशतमात्र प्रिमियम थपेर कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेको ३ करोडसम्मको उत्पादनमूलक उद्योग र होटल तथा रेष्टुरेन्टलाई बेसरेटमा २ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्न भनेको हो ।

‘हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेका तीन करोड रुपैयाँसम्मका उत्पादनमूलक उद्योग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताका आधारमा होटल , रेष्टुरेन्ट स्तरीकण गर्नेसम्बन्धी निर्देशिका बमोजिम खाद्य स्वच्छता स्तरीकरणसम्बन्धी प्रमाणपत्र लिएका होटल तथा रेष्टुरेन्टलाई आधार दरमा बढीमा दुई प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर तोक्नुपर्नेछ ।’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime