काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ५० अर्ब रुपैयाँभन्दा धेरै सेयर कर्जा दिएका छन् । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा ५० अर्ब ८८ लाख रुपैयाँ बराबरको सेयर कर्जा लगानी भएको हो ।
गत आर्थिक वर्षसम्म आउँदा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँको मार्जिन कर्जा लगानी भएको छ । अघिल्लो आर्थिक वर्षमा ९० अर्ब ९ करोड ३२ लाखमात्र यस्तो कर्जा लगानी भएको थियो ।
पछिल्लो केहि समय यता बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर एकदमै सस्तो भएको छ । जसको कारण सेयर बजारमा लगानी गर्ने लगानी कर्ताले कर्जा बढाएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । यसैगरी, गत आवमा सेयर सेयर कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । यसले पनि बैंक तथा वित्तीय क्षेत्रले सेयर बजारमा गर्ने कर्जा बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका नयाँ गभर्नरको रूपमा डा.विश्वनाथ आए पछि कसिलो नीतिलाई खुकुलो बनाउँदै लगिरहेका छन् । यसले पनि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको मनोबल उच्च हुँदा सेयर बजारमा कर्जा लिएर लगानी गर्ने बढेका छन् ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकले मात्र ४५ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यस अवधिसम्म वाणिज्य बैंकले १ अर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका हुन । अघिल्लो आर्थिक वर्षसम्म वाणिज्य बैंकहरुको सेयर कर्जा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ मात्र सेयर कर्जा लगानी भएको थियो ।
यसैगरी, गत एक वर्षमा मात्र विकास बैंकले ३ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा दिएका छन् । गत आर्थिक वर्षसम्म आउँदा विकास बैंकले १९ अर्ब ५४ करोड १० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकले १५ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ मात्र सेयर कर्जा लगानी गरेका थिए ।
एक वर्षमा वित्त कम्पनीहरूको सेयर धितोकर्जा १९ करोड ७० लाख रुपैयाँले बढेको छ । यस अवधिसम्म आउँदा वित्त कम्पनीलेमात्र ४ अर्ब ३५ करोड १६ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म वित्त कम्पनीले ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको थियो ।
यस अवधिमा सबैभन्दा धेरै सेयर धितो कर्जा दिने बैंक नबिल बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षसम्म आउँदा १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले एक वर्षमा नै ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँले यस्तो कर्जा बढाएको छ । अघिल्लो आर्थिक वर्षसम्म यस बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्र सेयर धितो कर्जा दिएको थियो ।
यसैगरी, सेयर धितोमा राखेर कर्जा सबैभन्दा धेरे दिने दोस्रो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षसम्म आउँदा १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयर धितो राखेर कर्जा दिएको छ । यस बैंकको यस्तो कर्जा एक वर्षमा नै ४ अर्ब १९ करोड २० लाख रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षसम्म यस बैंकले यस्तो कर्जा ७ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ मात्र थियो ।
यसैगरी, सेयर धितोकर्जामा सबैभन्दा धेरै कर्जा लगानी गर्ने तेस्रो बैंक कुमारी बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षसम्म १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एक वर्षमा बैंकको यस्तो कर्जा ६ अर्ब ५ करोड ७० लाख रुपैयाँ भएको छ ।
यस अवधिसम्म आउँदा सेयर धितो राखेर कर्जा नै नदिने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यसैगरी, यस अवधिसम्म आउँदा सबैभन्दा कम सेयर धितो कर्जा दिने बैंक नेपाल एसबिआई बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षसम्म आउँदा ६१ करोड ९१ लाख रुपैयाँ मात्र सेयर धितोकर्जा दिएको छ ।






प्रतिक्रिया दिनुहोस्