काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकममा भने उत्साह देखिएको छैन ।
बजार मापन गर्ने सूचक ४.३८ अंकले बढेर परिसूचक २७६६.०९ बिन्दु कायम भएको छ । ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १०१ कम्पनीको मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । कारोबारमा लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीबन बीमा समूहको उपसूचक घटेको छ । बाँकी समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबारमा विकास हाइड्रोपावर कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्