Skip to content

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ५० प्रतिशत नाघ्यो

nabil bank
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा करिब ५० प्रतिशतमाथि पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकको खराब कर्जा ५०.९७ प्रतिशत पुगेको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस बैंकको खराब कर्जा ४७ प्रतिशत रहेको  थियो । गत आर्थिक वर्षमा यस बैंक २ करोड ५१ लाख ६९ हजार २०३ रुपैयाँ नोक्सानीमा रहेको छ । बैंकको नोक्सानी पनि अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवमा यस बैंकको नोक्सानी १ करोड ७८ लाख १८३ रुपैयाँमात्र थियो । यस बैंकको वित्तीय अवस्था वर्षेनी खस्किँदै गएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।
बैंकको खराब कर्जाको रेसियो उच्च हुँदा बैंक कमाएको अधिकांश रकम कर्जाको प्रोभिजनको लागि छुट्टाएको छ । जसको कारण गत आर्थिक वर्षमा यस बैंकको नाफा पनि नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षमा यस बैंकले खराब कर्जा व्यवस्थापन गर्नको लागि ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपिएल’ मा ७९.५५ प्रतिशत छुट्टयाएको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ७६.६८ प्रतिशत लोनको प्रोभिजन गरेको थियो ।
यसैगरी, यस बैंकले ‘टोटल लोन लस प्रोभिजन टु टोटल लोन’ को लागि ३५.३२ प्रतिशत छुट्टाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजन ४०.५५ प्रतिशत छुट्ट्याएको थियो । यस अवधिसम्म आउँदा बैंकले ४४ करोड ९६ लाख ७५ हजार ४४४ रुपैयाँ निक्षेप संकलन गरेर १९ करोड ९६ लाख ८९ हजार  रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १६.२२ प्रतिशत बेस रेटमा कर्जा लगानी गरेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि यस बैंकको १६.२४ प्रतिशत रहेको थियो । बैंकले निक्षेप र कर्जा बिचको अनुपात (इन्ट्रेस्ट स्प्रेड) ४.५० प्रतिशत कायम गरेको छ ।  गत आर्थिक वर्षसम्म आउँदा यस बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा ऋणात्मक रहेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ २७ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।
यस अवधिसम्म आउँदा यस बैंकको खुद ब्याज आम्दानी पनि नोक्सानीमा रहेको छ। यस अवधिमा यस बैंकको खुद ब्याज आम्दानी २ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । यस अवधिसम्म आउँदा यस बैंकको सञ्चालन नाफा पनि नोक्सानीमा रहेको छ । यस अवधिमा यस बैंकको सञ्चालन नाफा ३० लाख ८१ हजार रुपैयाँले नोक्सानीमा रहेको छ।
बैंकहरुले दिएको ऋण लगानीमा कमजोर मूल्याङ्कन कमजोर भएको कारण खराब कर्जाको वृद्धि उच्च भइरहेको सम्बन्ध श्रोतहरू बताउँछन् । विकास बैंकहरूले ऋण दिने बेला परियोजनाको सम्भाव्यता, ग्राहकको आम्दानी स्रोत, धितोको गुणस्तर जस्ता कुरा पर्याप्त जाँच नगरी ऋण प्रवाह गरेका कारण खराब कर्जा बढ्दो अवस्थामा रहेको देखिन्छ ।
यसैगरी, पछिल्ला केही वर्ष यता नेपालमा निर्माण, उद्योग, व्यापार र रियल स्टेट क्षेत्रमा आएको सुस्ताको कारण ऋण लिएका ग्राहकले किस्ता तिर्न नसक्ने अवस्था आएको छ।  विकास बैंकहरूले आवासीय र जग्गा–घर धितोमा बढी ऋण लगानी गरेका छन्। तर जग्गा किनबेच घटेपछि ग्राहकले ऋण चुक्ता गर्न नसक्दा खराब कर्जा बढेको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi