Skip to content

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंक र घरपझोङ गाउँपालिका–२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारीका लागि हस्ताक्षर भएको छ । एक कार्यक्रममा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकका तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिडरक्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास खाना तथा मनोरञ्जनलगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानी भनेर चिनिने मार्फा गाउँमा अवस्थित यो होटलले आरामदायी बसाइका लागि उत्कृष्ट वातावरण र सेवा प्रदान गर्दै आएको छ। यो साझेदारीले मुस्ताङको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र प्रभु बैंकका ग्राहकहरूलाई पनि फाइदा हुने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima