Skip to content

सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले ९६ करोडमा ८६ सडक स्तरोन्नति गर्दै

nabil bank

पर्वत । संघीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोड रुपैयाँभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् । जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ ।

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले ३३ करोड रुपैयाँ प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले राससलाई जानकारी दिए ।

गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष १९ करोड ४५ रुपैयाँ बजेट घटेको छभने ५० वटा आयोजना कम छन् । विगतदेखि सञ्चालनमा रहेका छवटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ ।

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लाख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँचवटा सडकका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime