Skip to content

डिजिटल भुक्तानी बढ्दा चलनचल्तीका नोट एक महिनामै सवा ५ अर्बले कमी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन मसान्तसम्म आउँदा चलनचल्तीका नोट घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा चलनचल्तीका नोटको ५ अर्ब २८ करोड ४१ लाख २५ हजार रुपैयाँले घटेको हो ।
गत असार मसान्तसम्म चलनचल्तीका नोटको नोट ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपैयाँ रहेको चलनचल्तीका नोट साउन मसान्तसम्म आउँदा ७ खर्ब ४४ अर्ब ८२ करोड ८२ लाख ९७ हजार रुपैयाँमा झरेको छ । पछिल्लो समय डिजिटल भुक्तानी बढ्दो छ । जसको कारण डिजिटल नोट चलनचल्तीमा कमी आएको हो ।
पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारले नगदको प्रयोग घटाउन ठूलो भूमिका खेलेको छ। मोबाइल बैंकिङ, क्युआर कोडमार्फत भुक्तानी, इन्टरनेट बैंकिङ र कार्ड प्रयोग तीव्र रूपमा बढ्दा नगदमा निर्भरता घट्दै गएको हो । नेपाल राष्ट्र बैंकले पनि भुक्तानी प्रणालीलाई सुरक्षित र द्रुत बनाउनका लागि लगातार प्रवर्द्धन गरिरहेको छ। यसले वित्तीय पहुँच विस्तारसँगै डिजिटल माध्यममार्फत कारोबार गर्ने प्रवृत्ति बलियो हुँदै गएको प्रस्ट पार्छ।
चलनचल्तीका नोट घट्नुलाई अर्थशास्त्रीहरूले अर्थतन्त्रमा सकारात्मक संकेतका रूपमा पनि लिन्छन्। यसले अनौपचारिक क्षेत्रको कारोबार घटाउने, लेनदेन पारदर्शी बनाउने र वित्तीय संस्थामार्फत बचत तथा लगानी प्रवाह बढाउने अपेक्षा गरिएको छ। यद्यपि ग्रामीण क्षेत्रमा अझै पनि नगदमै कारोबार हुने परम्परा बलियो रहेकाले डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन पूर्वाधार विकास र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi