Skip to content

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

nabil bank
सुर्खेत, १३ भदौ : मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल शनिबार कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाहरुको निरीक्षण गर्ने क्रममा । निरीक्षणको क्रममा निर्माणाधिन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तस्बिर : सुरेश आचार्य/रासस

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रसारणलाइनअन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेका विभिन्न संरचनाको निरीक्षण गर्दै आज उहाँले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए । मुख्यमन्त्री कँडेलले आउँदो तिहारसम्म प्रसारणलाइनअन्तर्गत ‘फिल्ड’को काम सकेर सबस्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

उनले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रसारणलाइनको सबस्टेसन, गाभर निर्माणाधीन टावर अवलोकन गर्नाका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रसारणलाइनका कर्मचारीसँग बाँकी कामबारे छलफल गरे ।

चिसापानी गाभरमा सरोकार भएकासँगको छलफलमा सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहभागी थिए। मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्नतर्फ ध्यान दिन आग्रह गरे । उनले निकुञ्जका कर्मचारीलाई कर्णालीवासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए ।

वन शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइए पनि केही ढिला हुन पुगेको बताए । ‘मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम हामी गर्छौं, गरिरहेकै छौं । बाँकी समस्या देखिए लेखेर पठाउनुस्, मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं, काम कुनै पनि कारणले रोकिनुहुँदैन’, उनले भने ।

छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले रुख कटान गरिसकेकाले काठ ल्याउन र बाँकी रूख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाए । आयोजना प्रमुख रवि चौधरीले १६२ वटा टावरमध्ये तीनवटा मात्र निर्माण गर्न र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिए। बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुनेबित्तिकै यसलाई पूरा गरिने उनको भनाइ छ ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद समाधान भएको जनाइएको छ । साथै आयोजनाले भौगोलिक जटिलताले रूख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ‘ड्रोन’को सहायताबाट लाइन जोड्ने तयारी गरेको छ । बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर ११, स्थित सुब्बाकुना सबस्टेसन पुगेर टुङ्गिने प्रसारणलाइनको दूरी ५२ किलोमिटर छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime