Skip to content

महालक्ष्मी विकास बैंकले पायाे ‘सम्पत्ति गुणस्तर’ श्रेणीमा भारतीय चेम्बर अफ कमर्स अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो।

शुक्रबार नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो।

बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरुको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो।

यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima