Skip to content

कर्मचारी सञ्चय कोषलाई बीमा कम्पनीको सेयर किन्न रोक, नेकोको संस्थापक सेयर कृषि विकास बैंकले किन्यो

nabil bank

काठमाडौं । कृषि विकास बैंकले नेको इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर किन्ने निश्चित भएको छ । नेको इन्स्योरेन्सले २०८१ चैत संस्थापक समूहको ६ लाख कित्ता सेयर प्रतिकित्ता २६० रुपैयाँका दरले बिक्रीका लागि आवेदन माग गरेको थियो ।

उक्त सेयर खरिदका लागि कृषि विकास बैंक योग्य ठहरिएको छ । उच्च स्रोतका अनुसार उक्त सेयर बैंकले प्रतिकित्ता २६० रुपैयाँभन्दा कम मूल्यमा खरिद गरेको छ । स्रोतका अनुसार उक्त सेयर कृषि विकास बैंकले खरिद गरेको र अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरण पठाइएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीको सेयर बैंकलाई खरिद गर्न स्वीकृति दिएपछि नेको इन्स्योरेन्सले बिक्री गरेको सेयर कृषि विकास बैंकको नाममा हुनेछ ।

कृषि विकास बैंकभन्दा पहिला उक्त सेयर कर्मचारी सञ्चय कोषले खरिद गर्न खोजेको थियो । बीमा प्राधिकरण ऐन २०७९ को व्यवस्थाअनुसार कोषले उक्त सेयर किन्न पाएन । यो मात्रै होइन कोषले अन्य कुनै पनि कम्पनीको सेयर खरिद गर्न पाउने छैन ।

बीमा ऐन २०७९ को दफा २५ को उपदफा ३ मा ‘एकजना व्यक्ति वा निजको एकाघरको परिवारका सदस्य आधारभतू सेयरधनी रहेको कुनै कम्पनी वा सङ्गठित संस्थाले यस दफाबमोजिम स्थापना हुने बीमा कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी हुने गरी सेयर लगानी गर्न सक्ने छैन’ भन्ने व्यवस्था गरेको छ। सोही ब्यवस्थाका कारण कोषले नेकेको सेयर किन्न नपाएको हो । यही ऐेनको व्यवस्थाअनुसार कोषले नेकोको मात्रै नभएर अन्य बीमा कम्पनीको सेयर किन्न पाउने छैन ।

यता कोषको कानुनी व्यवस्थाले कुनै पनि सूचीकृत कम्पनीको चुक्ता पुँजीको २५ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था छ । तर, बीमा कम्पनीमा बीमा ऐन आकर्षित हुने भएका कारण सेयर किन्न नपाउने भएको हो । हाल कर्मचारी सञ्चय कोषको राष्ट्रिय बीमा कम्पनीमा २२ प्रतिशत सेयर स्वामित्व छ । यस्तै प्रभु इन्स्योरेन्समा कोषको २१.६१ प्रतिशत सेयर स्वामित्व छ ।

हाल नेको इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको १५ प्रतिशत, इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीको २.४५ प्रतिशत, नेपाल सेयर मार्केट एण्ड फाइनान्सको ०.८७ प्रतिशत, एसभीआर पब्लिक प्रालिको १.३५ प्रतिशत, कृति कुमारी महतोको १०.८८ प्रतिशत, बीके बिनायक प्रालिको ७.०१ प्रतिशत, एजी प्रालिको १.०२ प्रतिशत, कृषि विकास बैंकको ३.३४ प्रतिशत, नागरिक लगानी कोषको ८.१२ प्रतिशत, सेयर स्वामित्व रहेको छ । कृषि विकास बैंकले उक्त ६ लाख कित्ता सेयर खरिद गरेपछि ठूला सेयर स्वामित्व हुनेमा पाँचौ कम्पनी हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi