Skip to content

एनआईसी एसिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्म प्रदान गरिने यस ‘एनआईसी एसिया साथी घर कजर्’ाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ । सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहक महानुभावहरुको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime