Skip to content

एनआईसी एसिया बैंक एकै पटक १५० ऋणीको धितो लिलाम गर्दै, को–को छन् ?

काठमाडाैं।  एनआईसी एसिया बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलामको लागि दोस्रो पटक ७ दिने सूचना निकालेको छ । सोमबार बैंकले एकसाथ १५० ऋणीको धितो लिलाम गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।
यस बैंकले सचिन लामा, बराल ट्रेनिङ हाउस, गंगाराम श्रेष्ठ, बी एन्ड बि क्रियसन, कमला किराना स्टोर, विजय केसी खत्री, आर्या इन्टर प्राइजेज, एसजिएम कन्ट्रोल एन्ड स्विच गियर उद्योगलगायतका ५० वटा उद्योगहरू छन् ।
बैंकले  धितो लिलामको लागि यसअघि पनि १५ दिने सूचना प्रकाशित गरेको थियो । उक्त सूचना गर्दा बिक्री हुन नसकेपछि पुन ७ दिनका सूचना प्रकाशित गरेको हो। दोस्रो पटक सूचना प्रकाशित भएको ७ दिनमा पनि उक्त धितो लिलामी हुन नसकेमा बैंकले गैरबैकिङ सम्पत्तिमा सकार्नुपर्ने हुन्छ ।
एनआईसी एसिया बैंकले लगानी गरेको अधिकांश कर्जा सानो भएकोले बैंकले लिलामी निकालेको धितो पनि सोनो-सानो मूल्यका छन् । ऋणीलाई ऋण तिर्न पटक पटक मौखिक सूचना र ऋण तिर्ने ३५ दिन सूचना प्रकाशित गर्दा पनि ऋण नतिरेपछि यसअघि नै धितो लिलामको १५ दिने सूचना प्रकाशित गरिसकेको बैंकले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T