Skip to content

बैंकिङ क्षेत्रको ७५ प्रतिशत लगानीमा सानीभेरी जलविद्युत आयोजना निर्माण गरिने

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत लगानीमा सानीभेरी जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ४४.५२ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टसँग संयुक्त लगानी सम्झौता भएको हो।

यसमा सिटिजन्स बैंकको अगुवाइमा एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालिले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको छ। सम्झौताअनुरुप यस आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत र प्रवद्र्धकहरुको २५ प्रतिशत लगानी रहनेछ।

आयोजना निर्माणका लागि सिटिजन्स बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, सहभागी बैंकहरु क्रमशः नबिल बैंकबाट १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब रुपैयाँ तथा प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टबाट २ अर्ब ४० करोड रुपैयाँ लागत अनुमानमा निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता भएको छ।

ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा एक्सपर्ट हाइड्रो इन्भेन्टमेन्टका अध्यक्ष अंगिस घिमिरेको उपस्थितिमा कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपाल र अगुवा बैंकका तर्फबाट सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद पोखरेल तथा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको रोहबरमा सिटिजन्स बैंकका प्रमुख पूर्वाधार÷कन्सोर्टियम र कर्पोरेट अधिकृत रोशन मल्ल तथा सहभागी बैंकका चिफ फाइनान्स अफिरले हस्ताक्षर गरेका छन्।

सानीभेरी जलविद्युत आयोजना निर्माण सुरु गरेको मितिले ३.५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको बाँफीकोट सबस्टेसनमा करिब २३ किलोमिटर लामो १३२ केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरिनेछ। यो आयोजनाबाट सुक्खायाममा ९८.७२७ गिगाह र बर्खायाममा १८२.३८६ गिगाहट गरी २८१.११३ गिगाहट विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रीडमा थपिनेछ।

रुकुमपूर्व जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाको वडा नं. १४ र २ भएर बग्ने सानीभेरी नदीको पानी उपयोग गर्दै निर्माण गरिने सानीभेरी जलविद्युत आयोजना एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले विकास गर्ने र उक्त आयोजनामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडको मूख्य लगानी रहनेछ भने बाँकी स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा सर्वसाधरण नेपालीको लगानी रहनेछ।

आयोजना प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट र सिद्धि हाइड्रोपावरमा जलविद्युत क्षेत्रमा काम गरेका ऊर्जाशील युवाहरुको उपस्थिति रहेको छ । कमपनीमा अस्ट्रेलियन एक्सपर्ट एजुकेसन ग्रुपका प्रतिष्ठित व्यवसायी समेत सहभागी छन्। यही समूह सिद्धि हाइड्रोपावर आयोजना निर्माणमा संलग्न छन्। यो आयोजना निर्माणको काम करिब १८ महिनामै सकिदैेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi