Skip to content
Prabhu

सिटिजन्स बैंकको बोर्ड सदस्यमा इला शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको बोर्ड सदस्यमा इला शर्मा नियुक्त भएका छन् । बैंकले शर्मालाई (पब्लिक डाइरेक्टर सर्वसाधारण सेयर) तर्फ बोर्ड सदस्य नियुक्त गरेको हो ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल एण्ड ह्युमन राइट मा एलएलएम उपाधि हासिल गरेका छन् । यसअघि उनी निर्वाचन आयुक्त समेत बनेर काम गरिसकेका छन् ।

शर्माको पब्लिक रिलेसन एनजीओ तथा आइएनजीओमा ३५ वर्षको कार्य अनुभव रहेको छ । बैंक अध्यक्षमा प्रबलजंग पाण्डे छन् । भने बैंकको कार्यकारी अधिकृत (सिइयोमा) गणेशाज पोख्रेल छन् । यस्तै, नायब कार्याकारी अधिकृतहरुमा सुमितबाबु खत्री, पारस कुमार काफ्ले, राजेन्द्रलाल श्रेष्ठ र संजीव कुमार श्रेष्ठ छन् ।

यसैगरी, अन्य सञ्चालकहरुमा प्रकाश चन्द्र मैनाली, विजय ध्वज कार्की, सजन शर्मा, दिगविजय विस्त, डा. विनोद आत्रेय रहेका छन् । पछिल्लो समय बैंकले सन्तोषजनक व्यावसाय गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal