काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १५.६४ अंकले घटेर परिसूचक २७२६.३३ बिन्दुमा कायम भएको छ ।
३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । बुधबार सबै समूहका उपसूचक राताम्मे भएका छन् ।
कारोबारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, सिकलेश हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।







प्रतिक्रिया दिनुहोस्