Skip to content

निफ्राले गर्यो नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ। हाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ हाराहारीमा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T