Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले महिला उद्यमी महासंघ नेपालका सदस्यलाई छुट दिने

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। बैंक र महासंघबीच महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न सम्झौता भएको हो।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघका तर्फबाट शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन्।

यस सम्झौतामार्फत एसोसिएसनका सदस्यलाई महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ।

सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकको २ सय ७५ वटा शाखामार्फत छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने बैंकका प्रमुख कार्यकारी अधिकृतले पाण्डेले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi