Skip to content

आफुलाई हटाउने सरकारी निर्णयको विरुद्ध ओझा सर्वोच्चमा, अल्पकालीन अन्तरिम आदेश जारी

nabil bank

काठमाडौं । सरकारले आफुलाई बीमा प्राधिकरणबाट बर्खास्त गरेपछि नेपाल बीमामा प्राधिकरणका निलम्बीत अध्यक्ष शरद ओझा सर्वोच्च अदालत पुगेका छन् ।

ओझाले आफुलाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न माग गर्दैै अदालत गएका हुन् ।

आज सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तिरम आदेश जारी गरेको छ । यो सँगै अदालतले दुबै पक्षलाई लागि छलफलमा बोलाएको छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षबाट बर्खास्त गरेको हो ।

सरकारले ओझालाई बर्खास्त गरेर नयाँ अध्यक्षका लागि आवेदन माग गरेर १४ जनाको आवेदन परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime