काठमाडौं । नेपाली बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा परेको दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक उपलब्ध गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसमा पर्न सक्ने दाबीलाई छिटो र सहज रुपमा फर्छ्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगेकाले त्यसको यकिन विवरण उपलब्ध गराउन भनेको छ ।






प्रतिक्रिया दिनुहोस्