Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो विभिन्न सामाजिक कार्यक्रम

 

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराध सम्बन्धि जनचेतनामूलक बोर्डहरु राखि त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरु हस्तान्तरण गरेका हुन् ।

बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका–३२, कोटेश्वर समाज सुधार युवा क्लवलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लव भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लवका अध्यक्ष सुवासकुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए ।

त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु अध्यनरत भएकाले शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैंकको कोशी प्रदेश प्रमुख दिपक कुमार गुप्ताले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, बैंकको शिशुवा शाखाद्वारा पोखरा मनपा ३० स्थित शिशुवा वजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा वजार क्षेत्र भित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा मनपा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरे ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको हेटौंडा शाखाद्वारा रोटरी क्लब अफ हेटौंडालाई डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । हेटौंडा महानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरु तथा पार्कहरुमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal