Skip to content

दसैंका लागि सुकिला नोट सटही सुरू, कहाँ–कहाँ साट्न सकिन्छ?

काठमाडौं । आजबाट दसैंका लागि सुकिला नोट सटही हुन थालेको छ। भदौ २९ गतेबाट असोज १० गतेसम्म सुकिला नोट सटही गरिने भएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ।

यसैगरी, अधिकांश वाणिज्य बैंकहरूले पनि सुकिला नोट सटही सुविधा दिइरहेको छन् । दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोट मात्रै सटही गर्दै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima