Skip to content

शोधनान्तर स्थिति र चालु खाता बचतमा, प्रत्यक्ष वैदेशिक लगानी घट्यो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत आवको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा ५६ करोडले बचतमा रहेको छ । चालु आवको पहिलो महिनामा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो ।

यो अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रहेको थियो । यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी भने घटेको छ ।

यस्तै चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime