काठमाडौं । वाणिज्य बैंकको ब्याजदर निरन्तर घट्ने क्रम जारी छ । भदौको तुलनामा असोज १ गतेदेखि लागू हुने ब्याजदर पनि औषतमा घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार असोजमा बैंकहरुले औषतमा दिने निक्षेप ब्याजदर ०.११ प्रतिशत बिन्दुले घटेको छ ।
भदौमा वाणिज्य बैंकको औषत ब्याजदर ५.५७ प्रतिशत रहेको थियो । असोज १ देखि लागू हुने ब्याजदर भने ०.११ प्रतिशत बिन्दुले घटेर ५.४६ प्रतिशत रहेको छ ।
यो अवधिमा ९ वटा बैंकको ब्याजदर घटेको छ भने ९ वटाको यथावत रहेको छ । भदौको तुलनामा असोजमा २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा स्टयान्डर्ड चार्टर्ड र लक्ष्मी सनराइज बैंक रहेका छन् ।







प्रतिक्रिया दिनुहोस्