काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकको अन्तर कारोबार बढेको छ ।
साउन महिनामा वाणिज्य बैंकको अन्तर बैंक कारोबार बढेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ह्वात्तै घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा साउनमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ८७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरू बाहेक) ७ अर्ब ४५ करोड रहेको छ । वाणिज्य बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार ९४ अर्ब ९४ करोड भएको छ ।
राष्ट्र बैंकका अनुसार अनुसार गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ५१ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । यस्तै अन्य वित्तीय संस्थाहरूको ६५ करोड रुपैयाँ रहेको थियो । समग्रमा ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७४ प्रतिशत रहेको छ । यस्तै कर्जा–निक्षेप अनुपात ७६.३७ प्रतिशत रहेको छ ।






प्रतिक्रिया दिनुहोस्