Skip to content

विकास बैंकमा घट्न थाल्यो कर्जा खाता

nabil bank

काठमाडौं । लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा निक्षेप मात्रै नभएर कर्जाको समेत ब्याजदर घटिरहेको छ । ब्याजदर घटनु भनेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्नेका लागि राम्रो अवसर पनि हो ।

तर, नेपालमा निजी क्षेत्रको मनोबल कमजोर बन्दा कर्जा प्रवाह प्रयाप्त मात्रामा हुन सकेको छैन । कर्जा प्रयाप्त मात्रामा प्रवाह हुन नसक्दा बैंकमा पैसा जम्मा भएर बसेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र वित्त कम्पनीको कर्जा खाता संख्या बढेको भएपनि विकास बैंकमा भने घट्दै गएको छ ।

२०८१ साउन मसान्तसम्म विकास बैंकको कर्जा खाता संख्या २ लाख ८१ हजार ८१० रहेको थियो । २०८२ साउन मसान्तमा २ लाख ६६ हजार ८८४ मात्रै रहेको छ । यो तथ्यले पनि विकास बैंकबाट कर्जा लिने संख्या घटेको देखाउँछ ।

यता वाणिज्य बैंक र वित्त कम्पनीको भने कर्जा खाता बढेको छ । गत आवको साउन मसान्तमा वाणिज्य बैंकको कर्जा खाता १५ लाख ७४ हजार ४१४ रहेको थियो । यो साउनमा १६ लाख ४३ हजार ७९१ रहेको छ ।

यस्तै वित्त कम्पनीमा गत साउनमा ४३ हजार २५९ रहेको कर्जा खाता यो साउनमा ५८ हजार ५७२ रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा साउन मसान्तसम्म १९ लाख ६९ हजार २४७ वटा कर्जा खाता रहेका छन् ।

साउन महिनामा विकास बैंकको आधारदर ७.२८ प्रतिशत रहेको छ । गत साउनमा ९.२८ प्रतिशत रहेको थियो । यो अवधिमा विकास बैंकको आधारदर घटेको छ । तै पनि कर्जा खाता भने बढ्न सकेको छैन । साउनमा विकास बैंकको कर्जाको भारित औषत ब्याजदर ९.०९ प्रतिशत रहेको छ । गत साउनमा ११.०७ प्रतिशत रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime