Skip to content

सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशसँगै अध्यक्ष ओझा प्राधिकरण फर्किए

nabil bank

काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै शरद ओझा नेपाल बीमा प्राधिकरण फर्किएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले भदौ २३ गते अल्पकालीन अन्तिरम आदेश जारी गरेको छ । उक्त आदेशसँगै अध्यक्ष ओझा प्राधिकरण फर्किएका हुन् । उनी आज केही समयअघि प्राधिकरणमा गएका छन् । उनलाई प्राधिकरणका कर्मचारीले पुनः स्वागत गरेको एक कर्मचारीले बताए ।

‘अदालतको अल्पकालीन अन्तिरम आदेशसँगै अध्यक्ष ओझा केही समयअघि प्राधिकरणमा उपस्थित हुनु भएको छ’ ति कर्मचारीले भने ‘हामीले यहाँलाई पुनः स्वागत गरेका छौ ।’

भदौ २ गते बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षबाट बर्खास्त गरेको थियो । सरकारले प्राधिकरणबाट बर्खास्त गरेपछि ओझा सर्वोच्च अदालत पुगेका थिए । ओझाले आफुलाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न माग गर्दै अदालत पुगेका थिए ।

सरकारले ओझालाई बर्खास्त गरेर नयाँ अध्यक्षका लागि आवेदन माग गरेको थियो । अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime