काठमाडौं । महालक्ष्मी विकास बैंकले जेनजी आन्दोलनका क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग काठमाडौंको भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मतसम्भार तथा अन्य सिभिल कार्यहरू गर्न आर्थिक सहयोग गरिएको हो ।
यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मतसम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मतसम्भारको प्रयासमा एक इट्टा थप हुने विश्वास बैंकले लिएको छ ।
बैंकको सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेको जनाएको छ । हाल बैंकको लेकसाइड शाखाबाहेक १ सय २ शाखा कार्यालय सञ्चालनमा छन् ।






प्रतिक्रिया दिनुहोस्