Skip to content

अन्तिम मूल्य १५ मिनेटको भारित औसत गणना हुने व्यवस्था स्थगन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत गणना विधिलाई स्थगित गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै स्थगित गर्न लागेको नेप्सेले बताएको छ।

लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए। हिजो शनिबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो।

‘नेपाल धितोपत्र बोर्डको मिति २०८२/६/४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफ ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित ‘उपविनियम (१) खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ः३०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। यस अवधिमा कुनै कारोबार नभएमा पछिल्ले कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने।

परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण गरी, भोलि साेमबार सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागू गरिने उनले बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi