काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट नगद लाभांश घोषणा गरेको हो ।
बैंकले सेयरधनीलाई कर सहित ७.३६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
बैंकको यो लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्