Skip to content

अर्थ मन्त्रालयलाई प्राधिकरणका कर्मचारीको गुनासोः वर्षमा ४,५ जना अध्यक्ष परिवर्नत हुँदा मनोबल खस्कियो

काठमाडौ । नेपाल बीमा प्राधिकरणका कर्मचारीले वर्षमा ४, ५ जना अध्यक्ष पटक पटक परिवर्तन हुँदा मनोबल खस्केको जनाएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियन र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले अर्थमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै यस्तो जनाएका हुन् ।

‘देशमा भैरहेको विषम परिस्थितिलाई मध्येनजर गर्दा समेत बीमा क्षेत्रको महत्वलाई उजागर गरी राज्य तथा जनमानस (बीमित) मा भएको आर्थिक क्षतिबाट पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने समयमा नियामक निकायमा देखिएको नेतृत्वको अस्थिरताका साथै एक बर्षको अवधिमा ४/५ पटक अध्यक्ष परिवर्तन भैरहेको सन्दर्भमा समग्र बीमा क्षेत्र तथा कर्मचारीहरुको मनोवल खस्किएको हुँदा यथाशक्य निकास दिई हालको परिस्थितिलाई सहजिकरण गर्ने बातावरण सृजना गरिदिनुहुन संस्थाका समग्र कर्मचारी, तथा ट्रेड यूनियन यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ’ पत्रमा भनिएको छ ।

समग्र बीमा बजारलाई नियमन गर्दै, बीमितको हक हित संरक्षण गर्नु र बीमा क्षेत्रलाई वित्तीय प्रणालीको एउटा सशक्त खम्बाको रुपमां स्थापित गर्न यस संस्थाको मुख्य कार्य तथा उद्देश्य रहेको कुरा सर्वविदितै छ ।

दुवै युनियनले बीमा ऐन, २०७९ मा अध्यक्षको योग्यता, नियुक्ति तथा पदावधिको सम्बन्धमा स्पष्ट व्यवस्था रहेको अवस्थामा विगत एक वर्षदेखि अध्यक्षको नियुक्ति प्रकृयामा देखिएको अस्थिरता सम्बन्धमा प्राधिकरणका कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

अहिलेको अवस्थाले कर्मचारी तथा बीमा क्षेत्रका सबै सरोकारवालाहरुमा नैराश्यता उत्पन्न भएको जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T