काठमाडौं । बिहीबार ६ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर घटेको बजार आज भने उछाल आएको छ ।
जेनजी आन्दोलनका कारण करिब एक साता बन्द भएको बजार खुलेकै दिन नकारात्मक सर्किट लागेको थियो ।
आज भने बजारले सतक पार गरेको छ । बजार १११.७० अंकले बढेर परिसूचक २६२३.६२ बिन्दु कायम भएको छ । कारोबारमा ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा २२४ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । आज सबै समूहको उपसूचक बढेको छ । कारोबारमा कारोबारमा १ दर्जन भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया दिनुहोस्