Skip to content

जेनजी आन्दोलनले सवा २२ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

जेनजी आन्दोलनले सवा २२ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २२ अर्ब २५ करोड ५६ लाख ६ हजार रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्म १८ वटा कम्पनीमा २ हजार ४७८ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार २ हजार ४७८ वटा बीमा बापत २२ अर्ब २५ करोड ५६ लाख ६ हजार रुपैयाँको बीमा दाबी परेको हो ।

सबैभन्दा बढी दाबी रि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ७३ वटा बीमा बापत ५ अर्ब २२ करोड ९८ लाख ७६ हजार रुपैयाँ बीमा दाबी परेको हो ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २७९ वटा बीमा बापत ५ अर्ब ८ करोड २८ रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० वटा बीमा बापत २ अर्ब ७६ करोड ८४ लाख, शिखर इन्स्योरेन्समा ३७४ वटा बीमा बापत २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बीमा दाबी परेको छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा बीमा बापत १ अर्ब ५४ करोड ५६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा बीमा बापत १ अर्ब १५ करोड ६२ लाख, नेको इन्स्योरेन्समा २११ वटा बीमा बापत १ अर्ब ११ करोड ८३ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्समा १४२ वटा बीमा बापत ८१ करोड ७ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १८९ वटा बीमा बापत ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्समा कम्पनीमा ८३ वटा बीमा बापत ४७ करोड ९ लाख, एनएलजी इन्स्योरेन्समा १७४ वटा बीमा बापत ४५ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीमा १६४ वटा बीमा बापत ४० करोड ९९ लाख, प्रभु इन्स्योरेन्समा १०२ वटा बीमा बापत २० करोड ३६ लाख रुपैयाँको दाबी परेको छ ।

प्राधिकरणका अनुसार नेशनल इन्स्योरेन्समा २० वटा बीमा बापत ६ करोड ८४ लाख, प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्समा ९ वटा बीमा बापत १ करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ९ वटा बीमा बापत ७२ लाख, ट्रष्ट माइक्रोमा ९ वटा बीमा बापत ४४ लाख र नेपाल माक्रोमा १७ वटा बीमा बापत ४१ लाख रुपैयाँको दाबी परेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi