Skip to content

सेयर लगानीकर्ताको विरोधपछि नेप्सेले हटायो अन्तिम १५ मिनेटको भारित औसत गणना विधि

काठमाडौं । सेयर लगानीकर्ताको विरोधपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आजदेखि अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।

यो सँगै अब कम्पनीको अन्तिम मूल्यकै आधारमा सूचक गणना हुने छ । लगानीकर्ताको विरोधपछि गत चैत ७ गतेदेखि लागू गरिएको यो व्यवस्था केही लगानीकर्ताको विरोधले खारेज भएको हो ।

नेपाल धितोपत्र बोर्डले यो विधि स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै नेप्सेले हटताएको जनाएको छ । शनिबार नेपाल धितोपत्र बोर्डमा बसेको बैठकले उक्त विधि स्थगन गर्ने निर्णय गरेको थियो ।

‘नेपाल धितोपत्र बोर्डको मिति २०८२–६–४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफ ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित ‘उपविनियम (१) खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्ले कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ’ नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima