Skip to content

एनएमबी बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा ५ हजार छुट पाउने

काठमाडौं । एनएमबी बैंकले चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ। बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरी यो योजना अघि सारेको हो।

यस सहकार्यअन्तर्गत एनएमबी बैंकका ग्राहकले बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गरी याडिया ब्रान्डका स्कुटर खरिद गर्दा ५ हजारसम्म छुट पाउने छन्।

छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शोरुममा मात्र उपलब्ध हुनेछ र यो योजना चाडपर्वको अवधिसम्म सीमित रहने कम्पनीले जनाएको छ। बैंकले वातावरणमैत्री र दिगो सवारी प्रयोगलाई प्रोत्साहन गर्नुका साथै नगदरहित कारोबारलाई विस्तार गर्न यो सहकार्यले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

बैंक देशभर २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima